२०८२ जेठ ३१ गते शनिवार / Jun 14 , 2025 , Saturday
२०८२ जेठ ३१ गते शनिवार
Ads

भिजिट भिसा प्रकरण : माओवादीले गरेन संसद अवरोध, रास्वपा र राप्रपाको विरोध कायमै

मध्यान्ह
२०८२ जेठ ३० गते १७:०९
भिजिट भिसा प्रकरण : माओवादीले गरेन संसद अवरोध, रास्वपा र राप्रपाको विरोध कायमै

काठमाडौं : प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पनि प्रतिपक्षी दलहरुले विरोध जनाएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भने विरोध जनाएन ।

राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले संसदमा उठेर विरोध जनाएका हुन् । संसदको कारबाही सुरु गर्ने क्रममा सभामुख देवराज घिमिरेले नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिए ।

तर रास्वपा र राप्रपाले विरोध जनाइरहँदा संसद अवरोध कायम छ । संसदमा सभामुख घिमिरेले संसदमा बोल्ने वातावरण बनाउन आसन ग्रहण गर्न आग्रह गरेका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर