२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप

ADV
मध्यान्ह
२०८१ असार २७ गते १२:५१
प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप

काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । प्रधानमन्त्रीले विश्वासको मतका लागि राख्ने प्रस्तावको विपक्षमा मतदान गर्न कांग्रेसले ह्वीप जारी गरेको हो ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई निर्देशित गरेका हुन् । कांग्रेसले सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको विज्ञप्तिमा उल्लेख छ  ।

प्रधानमन्त्री प्रचण्डले भोलि २८ गते विश्वासको मत लिने तयारी गरेका छन् । प्रधानमन्त्रीले शुक्रबार विश्वासको मत लिने भएपनि उनले बहुमत नपाउने निश्चित छ ।

ADVADV

सम्बन्धित खबर

Advertise