२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

पर्वत समाज कतारले गर्‍यो उपाधि विजेता भलिबल टिमलाई सम्मान

shivam cement
तिलु शर्मा पौडेल
२०८२ असार १ गते १८:१८
Shares
पर्वत समाज कतारले गर्‍यो उपाधि विजेता भलिबल टिमलाई सम्मान

दोहा कतार : पर्वत समाज कतारले आफ्ना भलिबल खेलाडीलाई सम्मान गरेको छ । समाजले गत शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै  कतारमा यो वर्ष आयोजना भएका दुई ठूला भलिबल प्रतियोगिताको उपाधि जिताउन सफल भलिबल टिमलाई सम्मान गरेको हो ।

भलिबल टिमले वक्र इद (इद–उल–अज्हा) को अवसरमा रोयल नेपाल यूथ एसोसिएसन (ठकुरी ग्रुप) कतारको आयोजना र गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् कतारको खेलकुद विभागको सहकार्यमा सम्पन्न ‘अन्तर नेपाली समुदाय खुला पुरुष भलिबल प्रतियोगिता-२०२५’ र इद उल फित्र तथा नेपाली नयाँ वर्ष २०८२ को अवसरमा पर्वत समाज कतारको आयोजना र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको खेलकुद विभागको सहकार्यमा सम्पन्न `जिल्ला स्तरीय भलिबल प्रतियोगिता -२०२५´को उपाधि जितेको थियो ।

कार्यक्रममा समाजका प्रमुख संरक्षक छविलाल भट्टराईले लगातार दुई उपाधि जित्दै संस्थाको गरिमा बढाएकोमा भलिबल टिमलाई धन्यवाद ज्ञापन गर्दै प्रत्येक टिमले खेल जित्ने लक्ष्य राखेर खेल्ने भएपनि जुन टिमले अनुशासित भएर धेरै मेहनत गर्छ उसैले खेल जित्ने विचार राखे । खेलाडीको तर्फबाट बोल्दै लिल सिंह (सागर) ले खेलाडीहरूलाई विश्वास गरेर समाजले प्रदान गरेको हौसला र साथ समर्थन प्रति आभार व्यक्त गरे । साथै उनले टिमका सम्पूर्ण खेलाडीले अनुशासित पूर्वक कडा मेहनत गरेकोले यो सफलता प्राप्त भएको भन्दै आफूहरूले सदैव संस्थाको गरिमा बढाइराख्ने बताए ।

कार्यक्रममा समाजका अध्यक्ष सन्तोष क्षत्रीले भलिबल टिमका खेलाडीको हौसला प्रदान गर्न सम्मान गरिएको बताउँदै खेलका दौरान साथ सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै आफूहरूले सदैव खेलाडीहरूलाई साथ सहयोग गर्दे हौसला प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

ताजा खबर

सम्बन्धित खबर