२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

राप्रपाले संसद बैठक बहिष्कार गरेको दिनको भत्ता नलिने

Nada
२०८२ असार २ गते ११:४३
Shares
राप्रपाले संसद बैठक बहिष्कार गरेको दिनको भत्ता नलिने

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २०८२ असार १ गतेको प्रतिनिधिसभा बैठक बहिष्कार गरेकाले उक्त बैठकको भत्ता नलिने निर्णय गरेको छ । 

ncell

प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संघीय संसद सचिवालयका महासचिवलाई पत्र लेखेर असार १ गते बसेको प्रतिनिधि सभाको बैठकमा सहभागी भए बापत्त प्राप्त हुने भत्ता अस्वीकृत गरेको जानकारी दिएका हुन् ।

राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाहीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, 'हाम्रो पार्टीले उठाएका मागहरू निश्चित प्रकरणमा संसदमा अवरोध भएको समयमा पनि जबर्जस्त बैठक सञ्चालन गर्नु अनुचित हुने ठहर गर्दै यो बैठक बहिष्कार गर्ने निर्णय गरिएकाले सो बैठक बापत प्राप्त हुने बैठक भत्ता राजस्वमा फिर्ता हुने व्यवस्था गरि सहयोग गरिदिनुहुन अनुरोध छ ।'

भिजिट भिसा प्रकरणलाई लिएर विपक्षीले सदन अवरोध गरिरहेको बेला जबर्जस्ती बैठक चलाइएको भन्दै राप्रपाले आइतबारको बैठक वहिष्कार गरेको थियो । प्रतिनिधिसभामा राप्रपाका १३ सांसद छन् ।

ताजा खबर

सम्बन्धित खबर