२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

भारतमा वर्षाजन्य घटनामा २२ जनाको मृत्यु

ADV
मध्यान्ह
२०८१ असार २७ गते १४:१३
भारतमा वर्षाजन्य घटनामा २२ जनाको मृत्यु

एजेन्सी : उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा पछिल्लो २४ घन्टामा वर्षासँग सम्बन्धित घटनामा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले बिहीबार बताएका छन् ।

राहत विभागका अधिकारीहरूका अनुसार अविरल वर्षाले नदीहरूको जलस्तर बढाउँदा राज्यका १२ जिल्लाका छ सयभन्दा बढी गाउँ जलमग्न भएका छन् ।

बाढीले एक हजार एकडभन्दा बढी कृषि भूमि डुबानमा परेको छ भने आठ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । 

राहत र उद्धार टोलीले १० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेको जनाएको छ ।

मनसुनी  भारी वर्षाले भारतको उत्तरपूर्वी राज्य आसाममा पूर्ण बाढी बाहेक देशका धेरै राज्यमा जल तथा बाढीजन्य अवस्थाहरू निम्त्याएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise