२०८२ असार ५ गते बिहिवार / Jun 19 , 2025 , Thursday
२०८२ असार ५ गते बिहिवार
Ads

रास्वपा र राप्रपाद्वारा संसद अवरोध कायमै

shivam cement
मध्यान्ह
२०८२ असार ५ गते १३:३५
रास्वपा र राप्रपाद्वारा संसद अवरोध कायमै

काठमाडौं : प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दल रास्वपा र राप्रपाले अवरोध कायम राखेका छन् । भिजिट भिसाको आवरणमा हुने गरेको मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग गर्दै उनीहरु संसद अवरोध गरेका हुन् ।

सभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले मानव तस्करविरुद्धको आफूहरुको आन्दोलन जारी रहेको बताए । सरकारले लाखौं नेपाली ठगिएमो विषयमा आन्दोलित हुँदा पनि नजरअन्दाज गरेको उनको आरोप छ ।

उनले संसदमा गृहमन्त्रीले जवाफ दिनेक्रममा आफूमाथि लागेका आरोपहरुको खण्डन र जवाफ दिने नभई भुइँमान्छेका आवाजमाथि कटाक्ष गरेको समेत आरोप लगाए । 

सभामुख देवराज घिमिरेले रास्वपा र राप्रपाको विरोधका बीच संसदको कारबाही अगाडि बढाएका छन् ।

ADV

सम्बन्धित खबर

Advertise