यामराज बिष्ट/मध्यान्ह
दैलेख : दुल्लू अस्पताललाई ३० थान अक्सिजन सिलिण्डर सहयोग गरिएको छ । शनिबार दुल्लु अस्पताललाई ३० थान अक्सिजन सिलिण्डर र करीब २५ हजार बराबरको अन्य स्वास्थ्य सामग्री सहयोग गरिएको हो । बेलायतमा बस्दै आएका दुल्लु नगरपालिका वडा नं ७ का कृष्णजंग शाहले ब्यक्तिगत लगानीमा अस्पताललाई सामग्री सहयोग गरेका हुन्।
कोरोना माहामारीले विश्वनै जोखिममा रहेका र नगरपालिकाका नागरिकहरु आक्रान्त भएको समयमा ब्यक्तिगत खर्च जुटाई स्थानीय नातेदारमार्फत सामग्री सहयोग हस्तान्तरण गरेका दुल्लू नगरपालिका वडा नं ७ का वडा अध्यक्ष लालबहादुर रावतले मध्यान्हलाई जानकारी दिए। विदेशी भूमिमा रहेर पनि कोरोना महामारी नियन्त्रणको लागि नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेकोमा दुल्लू अस्पतालले उनलाई धन्यवाद दिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies