२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

एमालेमा मन्त्री छान्ने जिम्मा ओलीलाई  

ADV
मध्यान्ह
२०८१ असार २७ गते १७:५२
एमालेमा मन्त्री छान्ने जिम्मा ओलीलाई  

काठमाडौँ । नेकपा एमालेले मन्त्री छान्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । बुधबार बसेको सचिवालय बैठकले मन्त्री छान्ने जिम्मा ओलीलाई दिएको हो ।

कसलाई मन्त्री बनाउने भन्ने बारेमा अध्यक्ष ओली आफैंले निर्णय लिनेछन् । पार्टी अध्यक्ष आफैँ प्रधानमन्त्री बन्ने भएकाले कस्तो टिम बनाउमे भन्ने जिम्मा उहाँको नै भएको सचिव पद्‍मा अर्यालले बताइन् । 

मन्त्री छान्न अध्यक्ष ओलीले अरू नेताहरूसँग सुझाव मागेका छन् । तर अहिलेसम्म कुन दलले कुन मन्त्रालय पाउने टुंगिएको छैन । नेपाली कांग्रेससहित अन्य दलहरूसँग कुन मन्त्रालय र कति वटा मन्त्रालय पाउने भन्ने बिषयमा छलफल भएपछी एमालेले मन्त्रीको टुंगो लगाउने बुझिएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise