२०८२ असार ६ गते शुक्रवार / Jun 20 , 2025 , Friday
२०८२ असार ६ गते शुक्रवार
Ads

नेदरल्याण्ड्सविरुद्ध नेपाल विजयी

shivam cement
मध्यान्ह
२०८२ असार ५ गते २३:१६
नेदरल्याण्ड्सविरुद्ध नेपाल विजयी

काठमाडौं : स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपालले दोस्रो जित निकालेको छ । बिहीबार सम्पन्न खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गर्दै शृंखलामा महत्वपूर्ण सफलता हात पारेको हो ।

पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनायो । जवाफमा नेपालले १९.४ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै जित दर्ता गर्‍यो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६५ रनको योगदान दिए । ५१ बल खेलेका उनले ६ चौका प्रहार गरे । यस्तै, आरिफ शेखले ३९ रन जोडे भने टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका भीम सार्कीले २७ रनको महत्वपूर्ण पारी खेले ।

नेदरल्याण्ड्सका बलर बेन फ्लेचर, आर्यन दत्त, रोलफ भान डर मर्वे र जाच लायन काचेटले समान १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्याण्ड्सका लागि ओपनर माइकल लेभिटले उत्कृष्ट प्रदर्शन गर्दै ५३ बलमा ६ चौका र ५ छक्कासहित ८६ रन बनाए । भेट्रान अलराउण्डर रोलफ भान डर मर्वेले पनि २१ बलमा अविजित ३६ रन जोडे ।

एक चरणमा ४५–४ को अवस्थामा पुगेको नेदरल्याण्ड्सलाई लेभिटले साकिब जुल्फिकरसँग ६३ रनको साझेदारी गर्दै सम्हालेका थिए । पछि भान डर मर्वेले आर्यन दत्तसँग ४५ रनको साझेदारी गर्दै टिमको स्कोर १७४ सम्म पुर्‍याए ।

नेपालका लागि करण केसीले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । त्यस्तै, दिपेन्द्रसिंह ऐरी, ललितराजवंशी, सन्दीप लामिछाने र रुपेश सिंहले समान १–१ विकेट लिए ।

अब नेपालले शृंखलाको अन्तिम खेल शुक्रबार घरेलु टोली स्कटल्याण्डसँग खेल्नेछ । अब नेपाल र स्कटल्याण्डबीचको विजेताले शृंखला नै जित्नेछ ।

ADV

सम्बन्धित खबर

Advertise