२०८२ असार ६ गते शुक्रवार / Jun 20 , 2025 , Friday
२०८२ असार ६ गते शुक्रवार
Ads

टी–२० आई सिरिज : आज नेपाल र स्कटल्याण्ड अन्तिम खेल खेल्दै

shivam cement
मध्यान्ह
२०८२ असार ६ गते ११:३३
टी–२० आई सिरिज : आज नेपाल र स्कटल्याण्ड अन्तिम खेल खेल्दै

काठमाडौँ : टी-२० आई सिरिज जित्ने लक्ष्यका साथ आज नेपाल र स्कटल्याण्डबीच अन्तिम खेल हुँदैछ । उक्त खेल स्कटल्याण्डको ग्लासग्लोमा बेलुका ७:४५ बजे सुरु हुनेछ ।

जारी सिरिजमा नेपालले हालसम्म दुई खेल जितेको छ भने स्कटल्याण्ड एउटा खेलमा मात्र विजयी भएको छ । नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो । नेपालले दोस्रो खेलमा स्कटल्याण्ड्सलाई दुई विकेटले हराएको थियो । बिहीबार सम्पन्न तेस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गरेको थियो । 

यसैगरी स्कटल्याण्डले पहिलो खेलमा नेदरल्याण्ड्सलाई ३९ रनले पराजित गरेको थियो । दोस्रो खेलमा स्कटल्याण्ड नेपालसँग दुई विकेटले पराजित भएको थियो । तेस्रो खेलमा स्कटल्याण्डलाई नेदरल्याण्ड्सले १७ रनले हराएको थियो । 

ADV

सम्बन्धित खबर

Advertise