२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

मधेशका मुख्यमन्त्री यादवले जेठ २८ गते विश्वासको मत लिने

ADV
मध्यान्ह
२०८१ जेठ २३ गते १४:५३
मधेशका मुख्यमन्त्री यादवले जेठ २८ गते विश्वासको मत लिने

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले २८ जेठमा विश्वासको मत लिने भएका छन् । बुधबार विश्वासको मत लिने तयारी गरेका उनले स्वास्थ्यमा समस्या देखिएको भन्दै जेठ २८ गते विश्वासको मत लिने जानकारी गराएका छन् ।  

जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामआशिष यादवका अनुसार बुधबार संसदीय दलको बैठकले २८ जेठमा विश्वासको मत लिने निर्णय गरेर प्रदेशसभामा जानकारी गराइएको छ । ३० वैशाखमा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएका कारण उनले ३० जेठसम्म विश्वासको मत लिनुपर्नेछ ।

जसपा नेपाल नेतृत्वको सरकार कायम राख्नका लागि ५४ सिट चाहिन्छ । हालसम्म विपक्षी गठबन्धनसँग ४९ सिट छ । कांग्रेसको २२, जसपा नेपालको १९ र लोसपा ९ (एक जना निलम्बन) सिट रहेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise