२०८२ असार ७ गते शनिवार / Jun 21 , 2025 , Saturday
२०८२ असार ७ गते शनिवार
Ads

स्कटल्याण्डलाई सिरिज, नेपाल पराजित

shivam cement
मध्यान्ह
२०८२ असार ६ गते २३:०८
स्कटल्याण्डलाई सिरिज, नेपाल पराजित

काठमाडौं : स्कटल्याण्डमा सम्पन्न त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपाल घरेलु टोली स्कटल्याण्डसँग पराजित भएको छ । शुक्रबार राति भएको खेलमा स्कटल्याण्डले नेपाललाई ३४ रनले हराउँदै सिरिज आफ्नो पक्षमा पार्‍यो ।

१९४ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमै १५९ रनमा अलआउट भयो। नेपालका लागि रुपेस सिंहले २२ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ४३ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ३४ तथा कप्तान रोहितकुमार पौडेलले २७ रनको योगदान दिए ।

बलिङतर्फ स्कटल्याण्डका क्रिस ग्रेभ्सले ३ विकेट लिए भने सफियान सरिफले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९३ रन बनाएको थियो । ओपनर जर्ज मन्सीले ३९ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै ७८ रनको विस्फोटक इनिङ्स खेले । उनले मार्क वाटसँग ३४ रन र ब्रण्डन मकमलनसँग तेस्रो विकेटका लागि १०० रनको महत्वपूर्ण साझेदारी गरे ।

मकमलनले ३० बलमा ४ चौका र १ छक्का सहित ४२ रन बनाए । माइकल लिस्कले १७ बलमा २६ रन तथा म्याथ्यु क्रसले १३ बलमा १७ रन बनाउँदै अविजित रहे ।

नेपालका लागि कुशल भुर्तेलले २ विकेट लिए भने सन्दीप लामिछाने, ललितनारायण राजवंशी र रुपेस सिंहले समान १–१ विकेट लिए ।

सिरिजमा चार खेल खेलेको स्कटल्याण्ड २ जित र २ हारसहित समान अंक भए पनि राम्रो रनरेटका आधारमा शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्न सफल भयो । नेपालले पनि २ जित र २ हारसहित ४ अंक जोडेको थियो, तर रनरेट कमजोर भएका कारण दोस्रो स्थानमा रह्यो ।

ADV

सम्बन्धित खबर

Advertise