२०८२ असार १० गते मङ्गलवार / Jun 24 , 2025 , Tuesday
२०८२ असार १० गते मङ्गलवार
Ads

एनआरएनए मलेसियाद्वारा नेपाली खेलाडी सम्मानित

shivam cement
मध्यान्ह
२०८२ असार ९ गते २१:०१
एनआरएनए मलेसियाद्वारा नेपाली खेलाडी सम्मानित

क्वालालम्पुर, मलेसिया : गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले नेपाल सोतुकाङ कराते डो संघको तर्फबाट २४औं अन्तर्राष्ट्रिय खुल्ला कराते च्याम्पियनसिपमा सहभागी भएका नेपाली खेलाडीहरूलाई सम्मान गरेको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित ग्राण्ड कण्टिनेन्टल होटलको सभाहलमा आयोजित अनौपचारिक कार्यक्रमका बीच खेलाडी, प्रशिक्षक, रेफ्री र अफिसियल गरी १२ सदस्यीय नेपाली टोलीलाई सम्मान गरिएको हो ।

एनआरएनए मलेसियाका अध्यक्ष राकेशप्रसाद महतोले स्वागत मन्तव्य राख्दै नेपाली झन्डा फहराउँदै विदेशी भूमिमा देशको प्रतिनिधित्व गर्नु गौरवको विषय भएको उल्लेख गर्दै खेलाडीहरूलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए ।

‘खेलाडीहरूले आगामी दिनमा अझ धेरै सफलता प्राप्त गर्न सकोस् भन्ने शुभकामनासहित हामीले उनीहरूलाई सम्मान गरेका हौं,’ अध्यक्ष महतोले आफ्नो स्वागत मन्तव्यमा भने ।

कार्यक्रम सञ्चालन गरेका एनआरएनए मलेसियाका सचिव विष्णु बरालले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली खेलाडीहरूले गौरवपूर्ण उपस्थिति जनाएकोमा आभार व्यक्त गरे ।

प्रतियोगितामा सहभागी टोलीमा अन्तर्राष्ट्रिय खेलाडी तथा कोच चित्रप्रसाद श्रेष्ठ, राष्ट्रिय रेफ्री अंकध्वज परियार, टिम म्यानेजर आइतेराम थिङ, टिम कोच दीपक तितुङ, अफिसियल चन्द्र लक्ष्मी धौगौडा र भवानी डंगोल थिए । साथै खेलाडीहरू सृष्टि श्रेष्ठ, बास्नुरी शेर्पा, इशान डंगाल, अनिल ठोकर, क्रिजांगा मिश्र तथा टिम सहयोगी मसीनु माया श्रेष्ठ सहभागी थिए ।

प्रतियोगिता आइतबार क्वालालम्पुरमा सम्पन्न भएको थियो । सो अवसरमा खेलाडी सृष्टि श्रेष्ठ र इशान डंगालले तेस्रो स्थान हासिल गर्दै कांस्य पदक जितेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise