२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

प्रतिनिधि सभा बैठक शुरु, प्रधानमन्त्रीले विश्वासको मत लिँदै

Nada
२०८१ असार २८ गते ११:५२
Shares
प्रतिनिधि सभा बैठक शुरु, प्रधानमन्त्रीले विश्वासको मत लिँदै

काठमाडौँ : प्रतिनिधि सभा बैठक शुरु भएको छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यसूची छ । प्रधानमन्त्री प्रचण्डले १८ महिनाको अवधिमा आज पाँचौँ पटक विश्वासको मत लिन लागेका हुन् ।

ncell

पछिल्लो पटक उनलाई समर्थन गरेको दल एमालेले समर्थन फिर्ता लिएपछि प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन् ।

संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान छ।

संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र एमालेले यही असार १७ गते राति नयाँ सत्ता समीकरणका लागि सहमति गरेका थिए ।  दुवै ठुला दलले आलोपालो सरकारको नेतृत्व लिने गरी सरकार गठनको सहमति र निर्णय गरेका छन् । प्रधानमन्त्री प्रचण्डको पक्षमा माओवादी केन्द्र सहित राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादी मात्र देखिएका छन् । यी तीन दलको मात्र ६३ सिट रहेको छ ।
 

ताजा खबर

सम्बन्धित खबर