२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

राहत र उद्धारमा क्रियाशील हुनुपर्ने समयमा सरकार परिवर्तनमा लाग्नु दुःखद् : प्रचण्ड

Nada
२०८१ असार २८ गते १२:१५
Shares
राहत र उद्धारमा क्रियाशील हुनुपर्ने समयमा सरकार परिवर्तनमा लाग्नु दुःखद् : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिराले देशका विभिन्न भागमा क्षति भएको र सबै राजनीतिक दल राहत एवम् उद्धारका काममा क्रियाशील हुनुपर्नेमा सरकार परिवर्तनका काममा लाग्नु दुःखद भएको बताएका छन् ।

ncell

प्रतिनिधि सभाको आजको बैठकमा  प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्नुअघि उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्रीले उक्त प्रस्ताव परेपछि आजै त्यसलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तै प्रधानमन्त्री प्रचण्डले प्राकृतिक विपद्का घटनाहरु बढेका बेला विश्वासको मत लिने समय सार्ने कि भन्ने सोचेको बताए । तर दुई घण्टा समय सार्ने प्रस्ताव समेत कांग्रेस र एमालेले नमानेकाले अर्को अर्थ लाग्ला भनेर सभामुखलाई नभनेको उनले बताए ।

ताजा खबर

सम्बन्धित खबर