२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

अल्पमतमा परेपछि संसद् नै विघटन गर्नेले मलाई नैतिकताको पाठ पढाउने ? : प्रचण्ड 

Nada
२०८१ असार २८ गते १२:४१
Shares
अल्पमतमा परेपछि संसद् नै विघटन गर्नेले मलाई नैतिकताको पाठ पढाउने ? : प्रचण्ड 

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार बनाउने सहमति गरेर पनि कांग्रेस र एमाले तर्सिएको बताएका छन् । एमालेले समर्थन फिर्ता लिएकै भोलिपल्ट विश्वासको मत लिन आफू तयार भएको उनले बताए ।

ncell

तर प्राविधिक तयारीका लागि समय चाहिने भएकाले १० दिनभित्र विश्वासको मत लिने निर्णय गरेको भन्दै उनले भने, ‘आपसी विश्वास कमजोर भएको हो कि षड्यन्त्र आफैँ कमजोर हुने भएको हो, तर्सिरहनु भयो ।’

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित गर्दै उनले आफूलाई संसद नै विघटन गर्ने बानी परेकाहरुले आफूलाई नैतिकताको पाठ सिकाउने प्रयास गरेको बताए । उनले भने, ‘आफू अल्पमतमा परेपछि संसद् नै विघटन गर्ने बानी परेका र त्यसको समर्थन गरेका साथीहरूले मलाई नैतिकताको पाठ पढाइरहनु भयो ।’

ताजा खबर

सम्बन्धित खबर