२०८२ असार १३ गते शुक्रवार / Jun 27 , 2025 , Friday
२०८२ असार १३ गते शुक्रवार
Ads

सिरहामा ब्राउन सुगरसहित २ भारतीय पक्राउ

shivam cement
मनु यादव निरज
२०८२ असार १२ गते २२:०३
सिरहामा ब्राउन सुगरसहित २ भारतीय पक्राउ

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका–४, ठाडी बजारबाट लागुऔषध ब्राउन सुगरसहित दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी ठाडीको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३२ एडि ६९९३ नम्बरको मोटरसाइकल खानतलासी गर्दा ब्राउन सुगर जस्तो देखिने लागुऔषध बरामद गरेको हो । प्रहरीका अनुसार पक्राउ परेका दुबै जना भारतको बिहार राज्य, मधुबनीका बासिन्दा हुन् । पक्राउ पर्नेमा ४० वर्षीय राम नारायण साह, २७ वर्षीय राजन बाबु साह छन् । 

पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धानका लागि सिरहा जिल्ला अदालतबाट ५ दिनको म्याद लिइएको छ । 

यसैबीच २०७९ फागुन १० गते सिरहाको मिर्चैया–३ स्थित बताहा पुल नजिक ग्लोबल आइएमई बैंकका कर्मचारीबाट ९ लाख रुपैयाँ लुटिएको घटनाका मुख्य योजनाकारमध्ये सुजन विकलाई प्रहरीले पक्राउ गरेको छ ।

उदयपुरको त्रियुगा नगरपालिका–१२ निवासी विक (उर्फ सुजेन्द्र लोहनी, ३० वर्ष) भारततर्फ फरार रहदै आएका थिए । विशेष सूचनाको आधारमा सिरहा नगरपालिका–१७, खैरटोका स्थित नेपाल–भारत सीमाबाट उनलाई पक्राउ गरिएको हो । 

उक्त डाँका प्रकरणमा चार जनाको समूहले बैंक कर्मचारीसहित सुरक्षा दिइरहेका प्रहरी जवान निकेश खवासमाथि हतियार देखाउँदै आक्रमण गर्दै कालो झोलामा रहेको नगद लुटेका थिए । 

प्रहरीका अनुसार लोहनी लुटपाटको मुख्य योजनाकार हुन् । उनी भारततर्फ भागेर लुकेर बसेका थिए । अन्य फरार अभियुक्तहरूको खोजी कार्य तीव्र पारिएको प्रहरी स्रोतले जनाएको छ । घटनालाई गम्भीर संगठित आपराधिक गतिविधिको रूपमा लिइ अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise