२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

कांग्रेस-एमालेप्रति प्रधानमन्त्रीको कटाक्ष : पहिलो र दोस्रो दल मिल्न अँध्यारो कोठा चाहिन्छ ?

ADV
मध्यान्ह
२०८१ असार २८ गते १२:५९
कांग्रेस-एमालेप्रति प्रधानमन्त्रीको कटाक्ष : पहिलो र दोस्रो दल मिल्न अँध्यारो कोठा चाहिन्छ ?

काठमाडौँ  : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र एमालेबीच बनेको नयाँ गठबन्धनको तीव्र आलोचना गरेका छन् । आज संसदमा विश्वासको मत माग्नुअघि सम्बोधन गर्दै उनले आक्रामक टिप्पणी गरे । प्रधानमन्त्री ‘प्रचण्ड’ले पहिलो र दोस्रो दललाई विश्वास र आदर्शले जोडेको नभएर सुशासनको त्रासले जोडेको आरोप लगाए ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेस र एमाले नेताहरूलाई प्रश्न गरे, ‘नियत सफा भए पहिलो र दोस्रो दल मिल्न अँध्यारो र बन्द कोठा चाहिन्छ ?’ उनले भने, ‘नाटकीय घटनाक्रमबाट पहिलो र दोस्रो ठूलो दललाई विश्वास र आदर्शले वा निश्चित उद्देश्यले जोडेको भए मेरो लागि चिन्ताको विषय हुने थिएन । तपाईंहरुलाई डरले जोड्यो । भयले जोड्यो । त्यो डर हो, सुशासनको डर ।'

प्रधानमन्त्रीले आफूले सबै भन्ने हो भने लाजमर्दो अवस्था आउने उनले बताए । उनले भने, 'नियत सफा भए बन्द कोठा चाहिन्छ ? अन्धकार चाहिन्छ ? मैले सबै भनेँ भने तपाईंहरुलार्ई लाज लाग्छ भन्ने मलाई डर छ । कतिसम्म झूट बोल्न सकेको ?’


 

ADVADV

सम्बन्धित खबर

Advertise