२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

संसदमा प्रधानमन्त्रीको आक्रामक सम्बोधन (पूर्णपाठ)

shivam cement
२०८१ असार २८ गते १३:४४
Shares
संसदमा प्रधानमन्त्रीको आक्रामक सम्बोधन (पूर्णपाठ)

काठमाडौँ  : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र एमालेबीच बनेको नयाँ गठबन्धनको तीव्र आलोचना गरेका छन् । आज संसदमा विश्वासको मत माग्नुअघि सम्बोधन गर्दै उनले आक्रामक टिप्पणी गरे । प्रधानमन्त्री ‘प्रचण्ड’ले पहिलो र दोस्रो दललाई विश्वास र आदर्शले जोडेको नभएर सुशासनको त्रासले जोडेको आरोप लगाए ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेस र एमाले नेताहरूलाई प्रश्न गरे, ‘नियत सफा भए पहिलो र दोस्रो दल मिल्न अँध्यारो र बन्द कोठा चाहिन्छ ?’ उनले भने, ‘नाटकीय घटनाक्रमबाट पहिलो र दोस्रो ठूलो दललाई विश्वास र आदर्शले वा निश्चित उद्देश्यले जोडेको भए मेरो लागि चिन्ताको विषय हुने थिएन । तपाईंहरुलाई डरले जोड्यो । भयले जोड्यो । त्यो डर हो, सुशासनको डर ।'

प्रधानमन्त्रीले आफूले सबै भन्ने हो भने लाजमर्दो अवस्था आउने उनले बताए । उनले भने, 'नियत सफा भए बन्द कोठा चाहिन्छ ? अन्धकार चाहिन्छ ? मैले सबै भनेँ भने तपाईंहरुलार्ई लाज लाग्छ भन्ने मलाई डर छ । कतिसम्म झूट बोल्न सकेको ?’

पुष्पकमल ‘प्रचण्ड’ले नयाँ सरकार बनाउने सहमति गरेर पनि कांग्रेस र एमाले तर्सिएको बताएका छन् । एमालेले समर्थन फिर्ता लिएकै भोलिपल्ट विश्वासको मत लिन आफू तयार भएको उनले बताए ।

तर प्राविधिक तयारीका लागि समय चाहिने भएकाले १० दिनभित्र विश्वासको मत लिने निर्णय गरेको भन्दै उनले भने, ‘आपसी विश्वास कमजोर भएको हो कि षड्यन्त्र आफैँ कमजोर हुने भएको हो, तर्सिरहनु भयो ।’

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित गर्दै उनले आफूलाई संसद नै विघटन गर्ने बानी परेकाहरुले आफूलाई नैतिकताको पाठ सिकाउने प्रयास गरेको बताए । उनले भने, ‘आफू अल्पमतमा परेपछि संसद् नै विघटन गर्ने बानी परेका र त्यसको समर्थन गरेका साथीहरूले मलाई नैतिकताको पाठ पढाइरहनु भयो ।’

पूर्णपाठ :


ताजा खबर

सम्बन्धित खबर