२०८२ असार १५ गते आइतवार / Jun 29 , 2025 , Sunday
२०८२ असार १५ गते आइतवार
Ads

'छुट्टै पर्यटन बसपार्क नहुँदा पार्किङको समस्या छ'

shivam cement
२०८२ असार १५ गते ०६:२०
'छुट्टै पर्यटन बसपार्क नहुँदा पार्किङको समस्या छ'

नेपाल आउने पर्यटकलाई सवारी साधनमार्फत् नेपाल घुमाउने पर्यटक यातायात व्यवसायमा ठूलो लगानी छ । पर्यटक यातायात क्षेत्रमा चार हजार भन्दा बढी सवारी साधनहरू सञ्चालनमा छन् भने आठ हजार भन्दा धेरै श्रमिकले रोजगारी पाएको समेत पाएका छन् ।  पर्यटकलाई सेवा दिन हरियो नम्बर प्लेट लिएका ठूला सवारी साधनको लागि भनेर वर्षौंदेखि बसपार्क कै माग गरेपनि अहिलेसम्म व्यवस्थित पार्किङको व्यवस्था समेत हुन सकेको छैन । पर्यटन यातायात व्यवसायले पर्यटन क्षेत्रमा गरेको योगदान तथा अवसर र समस्याको विषयमा नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष बेदराज बास्तोलासँग मध्यान्हका छवि सापकोटाले कुराकानी गरेका छन् । 

पर्यटक यातायात व्यवसायको अवस्था कस्तो छ ? 

कोराना माहामारीको समयमा पर्यटकको आगमन ठप्प हुँदा पर्यटक यातायात व्यवसाय संकटमा परेको थियो । महामारीको कारण गाडीहरू ठप्प हुँदा लगानीकर्ता देखि श्रमिकसम्म सबै समस्यामा परेका थिए । तर, पछिल्लो समय पर्यटक आगमन बढ्दै जाँदा पनि पर्यटक यातायात व्यवसाय फस्टाउन सकेको छैन । नीतिगत तथा कानुनको अभावमा पर्यटक यातायात क्षेत्रमा लगानीको जोखिम बढ्दै गएको छ । 

यस्तै नेपालको सडक निर्माणमा ढिलाईको कारण समेत यातायातका साधन बिग्रिने समस्याले व्यवसायमा आवश्यक नाफा हुन सकेको छैन । पछिल्लो समय नेपालमा विदेश जानेको संख्या बढ्दै जाँदा दक्ष चालक तथा सहचालकको समेत अभाव हुँदै गएको छ । अझ पछिल्लो समय राईडिङ कम्पनीको कारण समेत पर्यटक यातायात क्षेत्र संकटमा परिरहेको छ । पर्यटन यातायात हुँदाहुँदै पनि भारतीय सवारी साधन नेपाल आउँदा हामीलाई थप समस्या परेको छ ।

पर्यटक यातायात व्यवसायमा लगानीको अवस्था कस्तो छ ? 

नेपालमा पर्यटक आगमनसँगै पर्यटन यातायातको बिस्तार भएको छ । नेपाल आउने पर्यटकका लागि देश चिनाउने काम पर्यटन व्यवसायीले निरन्तर गरिहेका छन् । पर्यटन क्षेत्रको अभिन्न अंग पर्यटक यातायात व्यवसाय हो । पर्यटकका लागि साना सवारीदेखि गुणस्तरीय र सुविधा सम्पन्न एसी सवारी साधनको उपलब्धता छ । 

पर्यटन क्षेत्रमा लगानी हेर्दा होटल र हवाई क्षेत्र पश्चात पर्यटक यातायातमा धेरै लगानी भएको छ । पर्यटक यातायात क्षेत्रमा चार हजार भन्दा बढी सवारी साधनहरू सञ्चालन भइरहेका छन् भने आठ हजार भन्दा धेरै श्रमिकले रोजगारी समेत पाएका छन् । 

पर्यटक यातायात व्यवसायमा समस्या के छ ? 

सबैभन्दा प्रमुख समस्या भनेको भारतीय सवारी साधनको आगमन बढ्नु हो । पर्यटन क्षेत्रमा सञ्चालन गर्ने गरी खरिद गरिने सवारी साधनमा अन्तःशुल्क, भ्याट लगायत राज्यले लगाउने करिव २४७ प्रतिशत प्रतिशत करले सवारी साधन महँगो परेको छ । भारतमा ३० लाख पर्ने सवारी साधन नेपालमा ल्याउदा एक करोड भन्दा माथि पुग्छ । तर,      लगानी र व्यवसायको सुरक्षित वातावरण बन्न सकेको छैन । 

यस्तै चार हजार भन्दा बढी पर्यटक सवारी साधनको लागि पार्किङको व्यवस्था छैन । पार्किङ नहुँदा सडकबाट पर्यटकलाई सेवा दिनु परिहेको छ । पार्किङ स्थल नतोकिँदा पर्यटक र व्यवसायी दुवैलाई समस्यै समस्या परेको छ । सरकारले पर्यटन क्षेत्रलाई बिस्तार गर्ने हो भने पर्यटक यातायातलाई व्यवस्थित बनाउने नीति बनाउन आवश्यक छ । भारतीय सवारी साधनहरू नेपाल आएता पनि पर्यटकीय क्षेत्रमा प्रवेशमा रोक मात्र लगाउने हो भने पर्यटक यातायातले काम प्राप्त गर्न सक्छन् । 

पर्यटन क्षेत्रका लागि पर्यटन यातायातको भूमिका कस्तो छ ? 

नेपालको सार्वजनिक यातायात व्यवस्थित नहुँदा पर्यटकका लागि पर्यटक यातायात नै भरपर्दाे सवारी साधन हो । पूर्ण जिम्मेवारी सहित काम गरिरहेको पर्यटक यायायातले सरकारी निकायबाट निकै कम सहयोग प्राप्त गरेको छ । पर्यटक यातायातको दुर्घटना निकै कम छ अरु सवारी साधनलाई जस्तो हतार नगरी यातायात चलाउने भएकोले समेत भरपर्दाे सवारीको साधनको रूपमा पर्यटक यातायात व्यवसायीले काम गरिहेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise