२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

७६ (२) अनुसार सरकार गठन गर्न राष्ट्रपतिको आह्वान

ADV
मध्यान्ह
२०८१ असार २८ गते २०:४४
७६ (२) अनुसार सरकार गठन गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् ।

उनले संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधि सभाको दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेस गर्न ७२ घण्टा समय दिएका हुन् ।

उनले असार ३० गते आइतबार बेलुका ५ बजेसम्म प्रधानमन्त्रीको दाबी गर्न दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधि सभा सदस्यलाई प्रधानमन्त्रीको दाबी पेस गर्न भनेका हुन् ।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रतिनिधि सभाबाट विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।

ADVADV

सम्बन्धित खबर

Advertise