२०८३ असोज २६ गते सोमवार / Oct 12 , 2026 , Monday
२०८३ असोज २६ गते सोमवार

सिरहामा ब्राउन सुगरसहित २ जना पक्राउ

Nada
मनु यादव निरज
२०८२ असार २० गते २०:३०
Shares
सिरहामा ब्राउन सुगरसहित २ जना पक्राउ

सिरहा : सिरहाको लहान नगरपालिका–११ स्थित पडरिया टोलबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय लहानको संयुक्त टोलीले  विशेष अपरेशन सञ्चालन गरी दुई जनालाई पक्राउ गरेको हो । 

ncell

पक्राउ पर्नेमा लहान–११ का २८ वर्षीय मिथलेश कुमार चौधरी र २४ वर्षीय राज नन्दन चौधरी रहेका छन् । प्रहरीका अनुसार मिथलेश कुमारको घरमा छापा मार्दा ११३.९१ ग्राम ब्राउन सुगर(प्लास्टिक बाहेक १०९ ग्राम), नेपाली रुपैयाँ २ लाख ८२ हजार ५ सय १०, भारतीय रुपैयाँ १ हजार २५०, सुनजस्तो देखिने तिलहरी र नेकलेस २ थान, १ थान मोबाइल फोन, डिजिटल तराजु र प्लास्टिक काट्न प्रयोग हुने कैंची बरामद गरिएको छ ।

त्यसैगरी, राज नन्दनको साथबाट १०.७१ ग्राम ब्राउन सुगर (प्लास्टिक बाहेक ९.६१ ग्राम), नगद २ हजार १ सय रुपैयाँ र मोबाइल १ थान बरामद भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी बिरेन्द्र कुमार पासवानका अनुसार, दुवै जनालाई जिल्ला अदालत सिरहामा पेश गरी पाँच दिनको म्याद लिइ आवश्यक अनुसन्धान थालिएको छ ।

ताजा खबर

सम्बन्धित खबर