२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सर्वोेच्चले अग्नि सापकोटाविरुद्धको मुद्दामा असार १२ गते फैसला सुनाउने

ADV
मध्यान्ह
२०८१ जेठ २३ गते १७:००
सर्वोेच्चले अग्नि सापकोटाविरुद्धको मुद्दामा असार १२ गते फैसला सुनाउने

काठमाडौँ । पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले असार १२ गते फैसला सुनाउने निर्णय गरेको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले सापकोटा विरुद्धको रिट निवेदनमाथि अन्तिम सुनुवाइ गर्दै तीन सातापछि निर्णय सुनाउने मिति तोकेको हो ।

१२ वर्षअघि अर्जुन लामाकी श्रीमती पूर्णिमाया लामाले आफ्नो श्रीमानको हत्यामा संलग्न रहेको भन्दै सापकोटा, सूर्यमान दोङसहितका माओवादी कार्यकर्ताहरु माथि रिट दायर गरेकी थिइन् ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल,  प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ सकिएसँगै फैसला सुनाउने मिति तोकिएको हो । 

ADVADV

सम्बन्धित खबर

Advertise