२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

मन्त्री छान्न कांग्रेसले बनायो मापदण्ड

shivam cement
२०८१ असार २९ गते १६:०१
Shares
मन्त्री छान्न कांग्रेसले बनायो मापदण्ड

काठमाडौं : नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीबाट सरकारमा जाने मन्त्रीहरुले एकै पटक शपथ लिने बताए ।

यस्तै बैठकले मन्त्रीहरु छनोट गर्नका लागि मापदण्ड बनाएको छ । योगदान र योग्यता, समावेशीता र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री छनोट गरिने प्रवक्ता डा. महतले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर