२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

नयाँ प्रधानमन्त्रीको नियुक्ति आज, शपथ भोलि

ADV
मध्यान्ह
२०८१ असार ३० गते १०:५१
नयाँ प्रधानमन्त्रीको नियुक्ति आज, शपथ भोलि

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले आज नयाँ प्रधानमन्त्रीको नियुक्ति गर्ने भएका छन् । उनले नयाँ सरकार गठनका लागि तोकेको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति गर्ने भएका हुन् । 

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आइतबार असार ३० गते अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न शुक्रबार आह्वान  गरेका थिए ।

सो आह्वानअनुसार नेपाली कांग्रेसको समर्थनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गरेका छन् । 

त्यस्तै आज समय ढिला हुने भएकाले सोमबार बिहान ११ बजे प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहण कार्यक्रम हुने बताइएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise