२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

ठमेलबाट २० करोडको कोकिनसहित मलेसियन नागरिक पक्राउ

ADV
मध्यान्ह
२०८१ असार ३० गते १३:५१
ठमेलबाट २० करोडको कोकिनसहित मलेसियन नागरिक पक्राउ

काठमाडौं : काठमाडौंको ठमेलस्थित सिटी होटलबाट प्रतिबन्धित लागूऔषध कोकिनसहित एक महिला पक्राउ परेकी छिन् । 

नेपाली रुपैयाँ २० करोड ३७ लाख बराबर मूल्य पर्ने ५ केजी ८ सय २० ग्राम कोकिनसहित मलेसियन नागरिक पक्राउ परेकी हुन् । 

पक्राउ पर्नेमा ४७ वर्षीया मलेसियन नागरिक ​भाथुमलाइ भदिभालो छिन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष प्रहरी टोली र प्रहरी वृत्त लैनचौरको संयुक्त टोलीले ६ वटा स्कुल ब्यागमा फल्स बटन बनाएर लुकाइएको सो कोकिन फेला पारेको हो ।

प्रहरीले ठमेलमा लागुऔषधको कारोबार भइरहेको सूचना पाएपछि ठमेलस्थित काठमाडौं सिटी होटलमा छापा मारेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise