२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

शेखर-गगन समूहले माग्यो ४ मन्त्रालय 

ADV
मध्यान्ह
२०८१ असार ३० गते १४:१६
शेखर-गगन समूहले माग्यो ४ मन्त्रालय 

काठमाडौँ :  नेपाली कांग्रेसको शेखर कोइराला–गगन थापा समूहले कम्तीमा चार मन्त्रालय माग गर्ने निष्कर्ष निकालेको छ । विशालनगरस्थित कोइरालाको सचिवालयमा बसेको कोइराला-थापा समूहको बैठकले कांग्रेसले पाउने कूलमध्ये चार मन्त्रालय आफ्नो समूहले पाउनुपर्ने माग गर्ने निर्णय गरेको हो ।

कांग्रेस र एमालेबिच मन्त्रालयको भागबन्डा हुँदा १० वटा मन्त्रालय कांग्रेसले पाउने मोटामोटी समझदारी भएको छ । जसअनुसार महामन्त्री गगन थापासहितको समूहले कम्तीमा ४ मन्त्रालय पाउनुपर्ने र सोहीअनुसार सभापति शेरबहादुर देउवासँग कुराकानी गर्ने निष्कर्ष निकालेको हो ।

बैठकमा शेखर कोइरालाका साथै गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडू, डा मिनेन्द्र रिजाल र डा चन्द्र भण्डारी सहभागी छन् ।


 

ADVADV

सम्बन्धित खबर

Advertise