२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

मेरो बारेमा अनुसन्धान गर्नूस्, कानून मलाई पनि लाग्छ : गृहमन्त्री लामिछाने

ADV
मध्यान्ह
२०८१ असार ३० गते १६:१९
मेरो बारेमा अनुसन्धान गर्नूस्, कानून मलाई पनि लाग्छ : गृहमन्त्री लामिछाने

काठमाडौँ : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो बारेमा कुनै विषयमा अनुसन्धान अगाडि बढाउनुपर्ने लागेमा अनुसन्धान अघि बढाउन आग्रह गरेका छन् । 

गृह मन्त्रालयमा आज भएको बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै उउनले भने, “आजसम्म स्वतः प्रभावित हुनुभएको भए पनि अब मेराबारे पनि अनुसन्धान गर्नूस् । गलत गरेको भए कानून मलाई पनि लाग्नुपर्छ ।” 

नक्कली भूटानी शरणार्थी, टीकापुर, पतञ्जली र बालमन्दिर जग्गा प्रकरणबारे जारी अनुसन्धान निष्पक्ष र प्रभावकारी रुपमा अगाडि बढोस् भन्ने आफ्नो चाहना रहेको उनले बताए । 

सरकार परिवर्तन अनौठो कुरा नभएको उल्लेख गर्दै गृहमन्त्री लामिछानेले सरकार परिवर्तनको प्रभाव प्रहरी, कर्मचारी प्रशासनमा पर्न नहुने भएकोले सोको प्रभाव नपार्न गृह र सुरक्षा अधिकारीसँग आग्रह गरे । अनुसन्धान जारी रहेकाले सुनकाण्ड छानबिनको प्रतिवेदन सार्वजनिक नगरेको उनले जानकारी दिए । 

“हामीलाई लागेको होला केके नै ग¥र्यौं तर हाम्रा कामबाट नागरिक पटक्कै खुसी छैनन् । नागरिक सन्तुष्ट नभएसम्म हामीले कामको प्रगति विवरण भनेर बुँदाहरु थप्दै सार्वजनिक गर्नुको के रहँदैन”, गृहमन्त्री लामिछानेले भने । सरकार परिवर्तन हुनुको, मन्त्री आउनु र जानुको प्रभाव आमनागरिकमा पर्न नहुने भन्दै कानुनअनुसार काम गर्न मन्त्री परिवर्तनले केही फरक नपार्ने उनको भनाइ छ ।

चार महिनामा धेरै काम गर्न नसकिएको बताउँदै केही आधार भने तयार भएको गृहमन्त्री लामिछानेले बताउनुभयो । तयार भएको आधारलाई भत्किन नदिन सरोकार भएकालाई अनुरोध गर्दै उनले नयाँ मन्त्रीले पनि बनेका आधारलाई सकारात्मक रुपमा ग्रहण गर्ने विश्वास व्यक्त गरे ।

ADVADV

सम्बन्धित खबर

Advertise