२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

केपी ओली प्रधानमन्त्रीमा नियुक्त

ADV
मध्यान्ह
२०८१ असार ३० गते १७:३४
केपी ओली प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

प्रधानमन्त्रीमा नियुक्त ओलीको सपथ सोमबार बिहान ११ बजेका लागि तयारी गरिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत नपाएपछि शुक्रबार नै राष्ट्रपति पौडेलले संविधानको धारा ७६(२) अनुसार सरकार गठनको आह्वान गरेका थिए । नेपाली कांग्रेस र नेकपा एमालले १६६ सांसदको हस्तारसहित शुक्रबार नै दाबी पेस गरेका थिए ।

गत असार १७ गते नेपाली कांग्रेस र एमालेबीच राष्ट्रिय सहमतिको सरकार गठन गर्नेबारे सहमति भएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise