२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

कांग्रेसले टुंग्यायो १० मन्त्रीको नाम, आजै सपथको तयारी 

shivam cement
२०८१ असार ३१ गते ११:०४
Shares
कांग्रेसले टुंग्यायो १० मन्त्रीको नाम, आजै सपथको तयारी 

काठमाडौं : नेपाली कांग्रेसको शेखर गगन समूहले मन्त्रीहरुको नाम टुंगो लागेसँगै कांग्रेसको भागमा परेको १० मन्त्रालयले नयाँ मन्त्री पाउने भएको छ । सभापति शेरबहादुर देउवाले सात जना मन्त्रीको नाम टुंग्याएका छन् भने  शेखर कोइराला–गगन थापा समूहले तीन जना मन्त्रीको नाम सिफारिस गरिसकेको छ। 

देउवाले प्रकाशमान सिंह, रमेश लेखक, आरजु राणा देउवा, अजय चौरासिया, दिपक खड्का, तेजुलाल चौधरी र ऐनबहादुर शाहीको नाम टुंग्याएका हुन् ।

सिंहले उपप्रधानसहित सहरी विकास, लेखकले गृह, आरजु राणा देउवाले परराष्ट्र, चौरसियाले कानुन, खड्काले ऊर्जा, तेजुलाल चौधरीले खेलकुद र  ऐनबहादुर शाहीले वनमन्त्रालयको नेतृत्व सम्हाल्ने छन् । 

स्रोतका अनुसार शेखर-गगन समूहबाट प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने भएका छन् । संस्कृति पर्यटन तथा  नागरिक उड्ययन मन्त्रीमा सहमहामन्त्री बद्री पाण्डे जाने भएका छन् । रामनाथ अधिकारी कृषिमन्त्री बन्नेछन् ।

ताजा खबर

सम्बन्धित खबर