२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

समाजवादी मोर्चाको बैठक बस्दै

ADV
मध्यान्ह
२०८१ साउन १ गते १०:३२
समाजवादी मोर्चाको बैठक बस्दै

काठमाडौँ : समाजवादी मोर्चाको बैठक आज बस्दै छ । बैठक अपराह्न ४ बजे नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो । 

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा छलफलका साथै समाजवादी मोर्चाको आगामी रणनीति र योजना तय गरिने पनि बताइएको छ ।

समाजवादी मोर्चामा अहिले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी छन् ।

यसअघि समावेश जनता समाजवादी पार्टी, नेपाल फुटपछि समाजवादी मोर्चामा छैन । जसपा नेपालले समाजवादी मोर्चाको औचित्य नरहेको बताइसकेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise