२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

पाकिस्तानी प्रधानमन्त्रीले दिए ओलीलाई शुभकामना

ADV
मध्यान्ह
२०८१ साउन १ गते ११:२४
पाकिस्तानी प्रधानमन्त्रीले दिए ओलीलाई शुभकामना

काठमाडौँ : पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको प्रधानमन्त्रीका रूपमा चौथोपटक कार्यभार सम्हालेकामा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन् ।

पाकिस्तानी प्रधानमन्त्रीले प्रधानमन्त्री ओलीको कार्यकालको सफलताको कामना गर्दै पाकिस्तान–नेपाल सम्बन्धलाई अझ सुदृढ तुल्याउन उनीसँग निकट सम्पर्कमा रहेर काम गर्न आफू उत्सुक रहेको बताएका छन् ।

यहाँस्थित पाकिस्तानी राजदूतावासका अनुसार प्रधानमन्त्री ओलीको कार्यकालमा द्विपक्षीय सहयोगका साथै क्षेत्रीय सहयोग अभिवृद्धिमा योगदान पुग्ने विश्वास प्रधानमन्त्री शहबाजले व्यक्त गरेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise