काठमाडौं : विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ध्रुवबहादुर प्रधानले सभामुखको भुमिकामाथि प्रश्न उठाएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद प्रधानले भिजिट भिसा प्रकरणमा सभामुखले सरकारपक्षीय भूमिका खेलेको आरोप लगाए ।
उनले भिजिट भिसा आफैंमा समस्या नभई सरकारको नियतमा समस्या रहेको बताए । उनले भ्रष्टाचार र मानव तस्करीका मुद्दामा जनप्रतिनिधिहरूले आवाज उठाउँदा कार्यकारी तहबाट संविधान विरोधी भनेर खारेज गर्न खोजिएकोप्रति पनि आपत्ति जनाए ।
उनले भिजिट भिसा प्रकरणका कारण संसदमा रहेको विवाद समाधानका लागि अग्रसर हुन आग्रह गरे ।
उनले भिजिट भिसा प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति गठन नगरेसम्म आफ्नो पार्टीको आन्दोलन जारी रहने पनि बताए ।