काठमाडौँ : सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका बहुमत प्रदेश सभा सदस्यले संसदीय दलको नेताबाट घनश्याम चौधरीलाई हटाएर प्रमुख सचेतक खुशीराम डगौरा थारुलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
७ जनामध्ये चार जना प्रदेश सभा सदस्यको बैठकले घनश्यामलाई दलको नेताबाट हटाउँदै प्रमुख सचेतक खुशीरामलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।
शनिबार बसेको बैठकले उपनेतामा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरी र प्रमुख सचेतकमा टीका थापालाई चयन गरेको नागरिक उन्मुक्ति पार्टीले जनाएको छ । बैठकमा लक्ष्मणकिशोर चौधरी, खुशीराम डगौरा थारु, कैलाश चौधरी र टीका थापा सहभागी थिए ।
यसअघि नाउपाका संरक्षक रेशमलाल चौधरीलाई साथ दिइरहेका लक्ष्मणकिशोर खुशीराम डगौरा थारु घनश्यामलाई दलको नेताबाट हटाउन तयार भएपछि रञ्जिता पक्षको बहुमत पुगेको हो ।