२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

पर्यटन, सेवा र आइटी क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण

ADV
छबि सापकोटा
२०८१ साउन १ गते २२:१०
पर्यटन, सेवा र आइटी क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण

काठमाडौं : नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको आकर्षण पर्यटन, सेवा र आइटी क्षेत्रमा देखिएको छ । उद्योग विभागकाअनुसार गत आर्थिक वर्ष २०८०/८१ को एक वर्षमा विदेशी लगानीकर्ताले कुल एक सय ९७ वटा पर्यटन उद्योगसँग सम्बन्धित क्षेत्रमा लगानीको प्रस्ताव गरेका छन् । यस्तै सेवा क्षेत्रमा १३३ वटा प्रस्ताव स्वीकृत भएका छन् । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुुसार असारमा पर्यटकमूलक उद्योगमा ६९, सेवामूलक उद्योगमा ३५ वटा र सूचना प्रविधिमा समेत २८ वटाले प्रस्ताव स्वीकृत भएका छन् । 

यस्तै नेपालमा आव २०७९/८० को तुलनामा प्रत्यक्ष वैदेशिक लगानी २०८०/८१ मा दोब्बरले बढेको छ । आव २०७९/८० मा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ३८ अर्ब ४० करोड रुपैयाँबाट बढेर ६१ अर्ब ९० करोड ४५ लाख रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागकाअनुसार असारमा मात्रै साढे १७ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको हो । प्रत्यक्ष वैदेशिक लगानीतर्फ कुल ४ सय ७ कम्पनीलाई स्वीकृति दिइएको विभागले जनाएको छ । 

गत आवमा ६ वटा ठूला, १५ वटा मध्यम र ३ सय ८६ वटा साना उद्योगको लागि वैदेशिक लगानी स्वीकृत भएका छन् । एक वर्षमा स्वीकृत औद्योगिक परियोजना मध्येमा पर्यटन क्षेत्रका ४८ प्रतिशत, ३३ प्रतिशत सेवा क्षेत्र, ११ प्रतिशत उत्पादन क्षेत्र, ३ प्रतिशत सूचना तथा प्रविधि, २ प्रतिशत परियोजना कृषि क्षेत्र सम्बन्धित रहेको विभागले जनाएको छ । स्वीकृत भएका परियोजनाबाट २२ हजार ९४ जनालाई रोजगारी सृजना हुने अनुमान गरिएको छ । 

विभागकाअनुसार नेपालमा हालसम्म ६ हजार २६७ उद्योगहरुका लागि ५ खर्ब ११ अर्ब ८९ करोड बराबरकोे लगानी प्रतिबद्धता आएको छ । ती उद्योगहरुबाट ३ लाख ३१ हजार ६ सय ३ जनाले रोजगारी पाउने विभागले जनाएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise