२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

बंगलादेशमा कोटा प्रणालीको विरोधमा हिंसात्मक प्रदर्शन, ६ जनाको मृत्यु

ADV
मध्यान्ह
२०८१ साउन २ गते १३:१४
बंगलादेशमा कोटा प्रणालीको विरोधमा हिंसात्मक प्रदर्शन, ६ जनाको मृत्यु

एजेन्सी : बंगलादेशमा सरकारी जागिरमा कायम आरक्षण तथा कोटा प्रणालीको विरोधमा भएको प्रदर्शनमा ६ जनाको मृत्यु भएको छ । यो घटनापछि देशभरका विद्यालय र विश्वविद्यालय अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको छ ।

बंगलादेशमा देशको स्वतन्त्रताका लागि लडेका मानिसका छोराछोरीलाई सरकारी जागिरमा आरक्षण दिइएको छ । सन् १९७१ मा बंगलादेश स्वतन्त्रता संग्रामपछि पाकिस्तानबाट अलग भएको थियो ।

आरक्षण प्रणालीविरुद्ध केही दिनदेखि विश्वविद्यालयका विद्यार्थीहरूले ठाउँठाउँमा र्‍याली गर्दै आएका थिए ।

असन्तुष्ट विद्यार्थीहरू उक्त प्रणाली भेदभावपूर्ण भएको तर्क गर्छन्। उनीहरूले सरकारी जागिरमा योग्यताका आधारमा पदपूर्ति हुनुपर्ने माग गरेका छन् ।

राजधानी ढाकासहित विभिन्न सहरहरूमा यो साता कोटा प्रणालीविरोधी आन्दोलनका समर्थक र उनीहरूका विपक्षीहरूबीच झडपहरू भएका छन् । 

बाङ्ग्लादेशमा केही सरकारी पदहरू महिला, जातीय अल्पसंख्यक र शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिका लागि पनि आरक्षित गर्ने व्यवस्था छ ।

त्यहाँ एकतिहाइ पदहरू युद्धको समयका नायकहरू भनी वर्गीकृत गरिएका मानिसका सन्तानका लागि छुट्ट्याइने गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise