२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

ADV
मध्यान्ह
२०८१ साउन २ गते १५:२७
प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार विश्वासको मत लिने भएका छन् ।

सत्तापक्षका मुख्य सचेतक महेश बर्ताैलाले प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिने निर्णय भएको जानकारी दिए ।

प्रधानमन्त्री नियुक्ति भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्‍यवस्था छ ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विस्थापित गर्दै ओली कांग्रेसको साथमा संविधानको धारा ७६ को उपधारा २ अन्तर्गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

ADVADV

सम्बन्धित खबर

Advertise