२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

सांसद बर्तौला सत्तापक्षको मुख्य सचेतक

shivam cement
२०८१ साउन २ गते १७:५२
Shares
सांसद बर्तौला सत्तापक्षको मुख्य सचेतक

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले महेशकुमार सांसद बर्तौलालाई प्रतिनिधिसभाको सत्तापक्षको मुख्य सचेतकमा मनोनयन गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता रहनुभएका प्रधानमन्त्री ओलीले बर्तौलालाई एमाले संसदीय दलको विधान २०७७ र संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ बमोजिम प्रतिनिधिसभाको सत्ता पक्षको मुख्य सचेतकमा आजदेखि लागू हुनेगरी मनोनयन गरेका हुन् । 

सांसद बर्तौलाले यसअघि एमालेको प्रमुख सचेतक र सचेतक भएर जिम्मेवारी वहन गरिसकेका छन् ।

ताजा खबर

सम्बन्धित खबर