२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल कतारमा

shivam cement
तिलु शर्मा पौडेल
२०८१ साउन २ गते २१:०५
Shares
एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल कतारमा

दोहा, कतार : प्रवासी नेपाली मञ्च कतारको सातौं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्न नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेपालबाट कतार आइपुगेका छन् । शुक्रबार अल डल्ला ड्राइभिङको सभा हलमा बिहान ११ बजेबाट शुरु हुने अधिवेशनलाई प्रमुख अतिथिका रूपमा पोखरेलले सम्बोधन गर्नेछन् ।

पोखरेलसँगै अधिवेशनमा सहभागी हुन कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा पनि कतार आइपुगेका छन् ।  आगन्तुक पाहुनाहरूको स्वागत तथा सत्कारका लागि मञ्चका अन्तर्राष्ट्रिय कमिटीका उपसचिव चानक पोखरेल, मञ्च संस्थापक अध्यक्ष तथा मध्यपूर्व इन्चार्ज कमलमणि गुरागाईं, सातौं अधिवेशन समितिका संयोजक अफसर अलि खान लगायत मञ्चका विभिन्न पदमा आसिन तथा आस्थावान् व्यक्तिहरू पुगेका थिए ।

प्रमुख अतिथिको आगमनसँगै अधिवेशनको तयारी पूरा भएको अधिवेशन संयोजक खानले मध्यान्ह दैनिकलाई जानकारी दिए । उनले अधिवेशनको हलभित्रको व्यवस्थापन, प्रचारप्रसार, आर्थिक, यातायात, स्वयंसेवक तथा विविध कार्यका लागि उप-समितिहरू निर्माण गरी तिनका संयोजक तथा सदस्यहरू मनोनीत गर्दै जिम्मेवारी बाँटफाँट पनि गरिएको बताए ।

अधिवेशनमा सहभागी हुन एमालेका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री उमाशंकर अरगरिया र मञ्चका अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष सञ्जय थापा यसअघि नै कतार आइसकेका छन् ।

ताजा खबर

सम्बन्धित खबर