२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

चीनको एक सपिङ सेन्टरमा आगलागी, कम्तीमा १६ जनाको मृत्यु

Nada
२०८१ साउन ३ गते ११:३३
Shares
चीनको एक सपिङ सेन्टरमा आगलागी, कम्तीमा १६ जनाको मृत्यु

एजेन्सी : चीनको एक १४ तले सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । 

ncell

चीनको सिन्हुआन प्रान्तको जिगोङ शहरमा रहेको सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको चिनियाँ प्रहरीले जानकारी दिएको छ ।

रिपोर्टका अनुसार बुधबार साँझ लागेको आगलागीमा फसेका ३० जनाको उद्धार गरिएको छ । घटनास्थलमा राति नै राहत तथा उद्धार कार्य सम्पन्न भएको छ ।

हाल आगलागीको कारण खुल्न नसकेको तर प्रारम्भिक अनुसन्धानका अनुसार भवनमा निर्माणाधीन कामका कारण आगलागी भएको हो ।

चीनको सरकारी मिडिया र सामाजिक सञ्जालमा उपलब्ध भिडियोमा यस भवनको चारैतिर कालो धुवाँ देखिएको छ ।

सम्बन्धित खबर