२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि

ADV
मध्यान्ह
२०८१ साउन ३ गते १४:१०
अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि

एजेन्सी : अस्ट्रेलियाको बेरोजगारी दर जुन महिनामा बढेर ४.१ प्रतिशत पुगेको छ । यस अघि मे महिनामा बेरोजगारी दर ४.० प्रतिशत रहेको अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले बिहीबार प्रकाशित गरेको आधिकारिक श्रम बलको तथ्यांकले देखाएको छ ।

तथ्यांकअनुसार गत मे – जुन महिनाको बीचमा कार्यरत अस्ट्रेलियालीको संख्या ५० हजार २०० ले बढेको थियो । सोही अवधिमा बेरोजगार अस्ट्रेलियालीको संख्या पनि नौ हजार ७०० ले बढ्दा बेरोजगारी दर वृद्वि भएको हो ।

सहभागिता दरले काम गर्ने उमेरका अस्ट्रेलियालीको अनुपात मापन गर्दछ । जसको संख्या मे महिनामा ६६.८ प्रतिशतबाट बढेर जूनमा ६६.९ प्रतिशत पुगेको छ  । जुन महिनामा सहभागिता दर सन् २०२३ नोभेम्बरमा ६७.० प्रतिशतको ऐतिहासिक उच्च भन्दा ०.१ प्रतिशत मात्र कम रहेको एबीएसका श्रम तथ्यांक प्रमुख ब्योर्न जार्विसले विज्ञप्तिमार्फत उल्लेख गरे ।

समग्रमा अस्ट्रेलियामा छ लाख आठ हजार २०० बेरोजगार व्यक्तिहरू जुन महिनामा सक्रियरूपमा काम खोज्दै गरेको जार्विसले जनाए । यसैगरी बेरोजगारहरु सन् २०२२ अक्टोबरमा चार लाख एक हजारले बढेता पनि कोभिड–१९ महामारीको तुलनामा एक लाख मानिस कम रहेको उनले उल्लेख गरे ।  

बेरोजगारी दर गत वर्ष जुन महिनाको तुलनामा ०.५ प्रतिशत बढी र सन् २०२० मार्च  को तुलनामा १.१ प्रतिशतले कम रहेको उनले जनाएका छन् । एबीएसको तथ्यांकअनुसार अस्ट्रेलियालीले काम गर्ने घण्टाको संख्या मे –जुन महिनाको बिचमा ०.८ प्रतिशतले बढेको छ । बिरामी भएकाले ४.५ प्रतिशत अस्ट्रेलियालील जून माहिनामा सामान्य समयको जस्तो काम गर्न नसकेको  जार्विसले बताएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise