– सुरेशकुमार पाण्डे
आजपनि कयौँ युवा जुवा मदिरामा लिन छन,
धेरैजसो रुढिवादी र कुसंस्कारको अधिन छन् ।
समाज परिवर्तन गर्ने कार्यमा हातेमालो नगर्दा,
कुसंस्कारकै पक्षमा जानि नजानि उभिन्छन् ।
हो त्यो बानि व्यहोराले बढि उत्पीडित हुने हुँदा,
क्रान्तिबाहक शक्ति नि उनैको बिच भेट्टिनछन् ।
सैद्धान्तिक राजनीतिक विचारमा परिपक्क भए,
यो पूँजीवादी व्यवस्थासमेत उनैले छिन् छन् ।
फौलादलाई थिचि रहँदा त्यो धारिलो भएपछि,
शोषक सामन्तिहरु यही धर्तिबाटै उम्किनछन् ।
क्रान्ति अपरिहार्य छ जो हुन्छ अत्यन्तै निर्दयी,
जजस्ले पसिना पिँउदैछन उनैको रगत पिँउछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies