२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने लोसपाको निर्णय

ADV
मध्यान्ह
२०८१ साउन ३ गते १८:००
प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने लोसपाको निर्णय

काठमाडौँ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ । 

पार्टी अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका प्रमुख सचेतक रामप्रकाश चौधरीले जानकारी दिए ।

वर्तमान सरकारलाई समर्थन गरेको लोसपाका तर्फबाट नेता शरदसिंह भण्डारी श्रम तथा रोजगारमन्त्री छन् । प्रतिनिधिसभामा लोसपाका चार सांसद छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान बमोजिम यही साउन ६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रम तय भएको छ । गत आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । 

ADVADV

सम्बन्धित खबर

Advertise