२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

अर्थमन्त्रीलाई शेयर बजारले गर्‍यो पूर्ण समर्थन

ADV
छबि सापकोटा
२०८१ साउन ३ गते २१:३०
अर्थमन्त्रीलाई शेयर बजारले गर्‍यो पूर्ण समर्थन

काठमाडौं : शेयर बजारलाई अर्थतन्त्रको ऐनाको रुपमा हेर्ने गरिन्छ । अर्थतन्त्रका बाह्य सुुचक सकरात्मक हुँदाहुँदै पनि आन्तरिक अर्थतन्त्र चलायनमान नहुँदा शेयर बजार समेत सुस्ताएको थियो । तर नेकपा माओवादी केन्द्र र नेकपा एमालेको सरकारको सहकार्य तोडिएर नयाँ गठबन्धन बनेसँगै शेयर बजारले समेत गति लिएको छ ।

नेकपा एमाले र काँग्रेसको गठबन्धनको चर्चासँगै निरन्तर बढिरहेको शेयर बजार अर्थतन्त्रीमा बिष्णु पौडेल नियुक्त भएसँगै उछाल जारी छ । अर्थमन्त्री नियुक्ति भएसँगै सेयर लगानीकर्तामा मनोबल बढ्दा शेयर बजारमा उकालो लागिरहेको छ ।

यस्तै नेपाल राष्ट्र बैंकले समेत आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा लचिलो बन्ने संकेत शुरुदेखि नै गरेको कारण समेत लगानीकर्ता आशावादी देखिएका छन् । यस पटक अर्थमन्त्री र गभर्नरबिचको सम्बन्ध र दुई ठूला पार्टीको गठबन्धनको सरकार प्रति निजीक्षेत्र समेत आशावादी बनिरहरेको अवस्थामा बजारले गति लिएको विश्लेषण विज्ञले गरेका छन् । 

दुई वर्षअघि देखि २२ सय अंकको वरिपरिमा सीमित रहेको शेयर बजार साताको अन्तिम दिन २४ सयको बिन्दुमाथि पुगेको हो । बजार लगातार बढ्दा लगानीकर्ताहरुको मनोविज्ञान बढिरहेको छ, जसको कारण कारोबार रकम समेत बढेको छ ।

निवर्तमान अर्थमन्त्री वर्षमान पुन हुदाँ पूँजी बजारको दृष्टिकोणप्रति लगानीकर्ता विश्वस्त हुन सकिरहेका थिएनन् । तर, गभर्नर महाप्रसाद अधिकारी र गएका पुनबिच ट्युनिङ मिलेको अनुमानको कारण समेत बजार केही समालिएको थियो । अहिले नयाँ समिकरण र नयाँ अर्थमन्त्रीलाई लगानीकर्ताले सफल बनाएका छन् । 

बिहीबार शेयर कारोबार झण्डै ६० अंकले साताको अन्तिम दिन उकालो लाग्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५९ दशमलव ६८ प्रतिशतले उकालो लागेर दुई हजार चार सय २४ दशमलव ३२ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६ दशमलव ३७ अंकले बढेर चार सय ३६ दशमलव १४ मा पुगेको छ ।

बिहीबार कुल तीन करोड ९९ लाख ३८ हजार दुई सय ३७ कित्ता शेयर १८ अर्ब ५४ करोड ८८ लाख सात सय ३८ मा कारोबार भएको छ । यसले लगानीकर्तालाई उत्साहित बनाएको छ । बिहीबार नेपाल इन्भेष्टमेन्ट मेघा बैंक, नेपाल फाइनान्स लिमिटेड, आँखुखोला जलविद्युत कम्पनी, उपकार लघुवित्त वित्तिय संस्था तथा थ्रि स्टार हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा दश प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्यो ।

ADVADV

सम्बन्धित खबर

Advertise