२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

कोटेश्वरको रामेछाप खाजाघर एण्ड गेष्टहाउसबाट ६ जना बालिकाको उद्धार

ADV
मध्यान्ह
२०८१ साउन ४ गते १०:३२
कोटेश्वरको रामेछाप खाजाघर एण्ड गेष्टहाउसबाट ६ जना बालिकाको उद्धार

काठमाडाँ : कोटेश्वरस्थित एक गेष्टहाउसबाट छ जना बालिकाको उद्धार गरिएको छ ।

बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका कर्मचारीले गेष्टहाउसबाट उनीहरूलाई गए राति उद्धार गरेका हुन् । 

रामेछापका नवीन थापाले सञ्चालन गरेको रामेछाप खाजाघर एण्ड गेष्टहाउसमा बालिकालाई आर्थिक प्रलोभनमा पारी ललाइफकाई असामाजिक काममा लगाएको जानकारी प्राप्त भएपछि उनीहरूको उद्धार गरिएको ब्यूरोका सूचना अधिकारी गौतम मिश्रले जानकारी दिए । 

गैरकानुनी गतिविधिमा संलग्न भएको अभियोगमा थापा र काठमाडौँको कागेश्वरी मनोहराका उज्ज्वल खड्कालाई नियन्त्रणमा लिइएको उनले बताए । 

ADVADV

सम्बन्धित खबर

Advertise