२०८२ भदौ २० गते शुक्रवार / Sep 05 , 2025 , Friday
२०८२ भदौ २० गते शुक्रवार
Ads

संघ सल्लाहकारमा जैसी

shivam cement
२०८२ भदौ १९ गते ०६:२०
संघ सल्लाहकारमा जैसी

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका अध्यक्ष एवं कान्तिपुर मेनपावर सर्भिस प्रालिका सञ्चालक धनलाल जैसीलाई सल्लाहकारमा चयन गरेको छ ।

यसअघि तीन जना सल्लाहकार चयन गरेकोे संघले रिक्त रहेको एक सल्लाहकार पदमा व्यवसायी जैसीलाई मनोनीत गरेको हो ।

गणतान्त्रिक मञ्च र नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले संघको गत निर्वाचनमा सहमति गरेर प्यानल खडा गरेका थिए । सोही सहमति कार्यान्वयन गरी जैसीलाई सल्लाहकार चयन गरिएको बताइएको छ ।

संघले यसअघि प्रमुख सल्लाहकारमा संघका पूर्वअध्यक्ष नुर अपरच्युनिटिज ओभरसिज प्रालिका सञ्चालक तिलकबहादुर रानाभाट र सल्लाहकारमा प्याराडाइज इन्टरनेसनल प्रालिका सञ्चालक नवराज केसी र फ्युचर स्टार म्यानपावर प्रालिका सञ्चालक हरिबहादुर पाण्डे क्षेत्रीलाई मनोनीत गरेकोे थियोे । संघका निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारी संघको पदेन सल्लाहकार रहेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise