२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

विवादमा मुछिएकी उपसभामुख रानासँग रास्वपाले गर्‍यो सोधपुछ

ADV
मध्यान्ह
२०८१ साउन ४ गते १२:३१
विवादमा मुछिएकी उपसभामुख रानासँग रास्वपाले गर्‍यो सोधपुछ

काठमाडौँ : आफ्नो पार्टीबाट निर्वाचित उपसभामुख इन्दिरा राना गम्भीर विवादमा मुछिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले यसबारे आन्तरिक रूपमा छलफल थालेको छ । 

उपसभामुखले आफ्नो ओहदाको दुरुपयोग गर्दै अमेरिकी दूतावासलाई लेखेको एउटा पत्र सार्वजनिक भएको थियो । पत्रमा उनले आफूसहित केही अञ्जान व्यक्तिहरूलाई भिसाको अन्तर्वार्ताका लागि डेट मिलाइदिन सिफारिस गरेकी छन् ।

संसद्सँग असम्बन्धित व्यक्तिहरूलाई आफ्नो टिममा राखेर सिफारिस गरिएको पाइएपछि रानामाथि प्रश्न उठेको हो । यद्यपि, ती व्यक्तिहरूले अन्तर्वार्ताको डेट पाउन सकेनन् । उपसभामुख एक्लै अमेरिका गएर फर्केकी थिइन् ।

पार्टीका उपसभापति डोलप्रसाद अर्यालले उपसभामुख रानासँग यस बिषयमा सोधपुछ गरेका छन् । उपसभापति अर्यालले बाहिर आएका विषयवस्तुबारे पार्टीले अध्ययन गरिरहेको बताए । भिसाका लागि नभएर अन्तर्वार्ताको डेटका लागि मात्र सिफारिस गरिएको हुँदा यो त्यति ठूलो विषय नभएको उनको भनाइ छ ।
 

ADVADV

सम्बन्धित खबर

Advertise