२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

श्रीमान् बेपत्ता भएपछि दूतावास गुहार्दै श्रीमतीहरू

Nada
२०८२ भदौ २० गते ०६:१५
Shares
श्रीमान् बेपत्ता भएपछि दूतावास गुहार्दै श्रीमतीहरू

काठमाडौं : कुनै पनि मुलुकमा रहेको नेपाली दूतावासको मुख्य जिम्मेवारी दुई मुलुकबीचको सम्बन्ध सुदृढीकरणका साथै आर्थिक, पर्यटकीयलगायतका विषयमा लगानी अभिवृद्धि गर्नु हो । यसका अतिरिक्त सो मुलुकमा रहेको नेपाली समुदायको रेखदेख, उनीहरुलाई परेको समस्या समाधानका लागि प्रयास गर्नु पनि दूतावासको मुख्य जिम्मेवारी हो ।

ncell

तर पछिल्ला दिनमा मलेसियास्थित नेपाली दूतावासको जिम्मेवारी थपिएको छ । खासगरी वैदेशिक रोजगारीका लागि गएका श्रीमान्ले घर सम्हालेर बसेकी श्रीमतीलाई वर्षौंसम्म बेवास्ता गरेपछि हाल नेपाली दूतावासमा बेपत्ता भएका श्रीमान्को खोजी गरिदिन नेपालबाट बाक्लै निवेदन पर्ने गरेका छन् । 

दूतावासमा कार्यरत काउन्सिलर श्रम कृष्णप्रसाद भुसाल दूतावासमा प्राप्त निवेदनका आधारमा घर परिवार बिर्सेर वर्षौंसम्म मलेसियामा हराउने श्रीमान्हरूको संख्या बढेको बताउँछन् । सरकारले विदेशस्थित नेपाली दूतावासबाटै पुनः श्रम स्वीकृति दिन थालेपछि उतैको रसरंगमा भुलेर घर फर्किन नचाहनेको संख्या बढेको कतिपयको अनुमान छ ।

काउन्सिलर श्रम भुसालले वृद्ध आमाबुबा र बाटो कुरेर बसेकी जीवनसंगिनीलाई नभुल्न आग्रह गर्दै दूतावासले मलेसियाका विभिन्न सहरमा जागरण अभियान चलाउने जानकारी दिए ।

मलेसियामा नेपालमा विभिन्न कुलतमा फसेका, विलासी शैली अपनाउने, महिला यौनकर्मीको प्रेमजालमा फसेर आफ्नो कमाइ विलासीतामा खर्च गरी रमाइलो गर्दै जिन्दगी बिताउने पनि धेरै रहेकोे आंकलन गरिएको छ ।

वैदेशिक रोजगारमा गएका कैयौं नेपाली श्रमिक घर परिवार अर्थात् श्रीमतीसँगको झैझगडाका कारण पनि सम्पर्कविहीन हुने गरेका छन् भने केही कम्पनीको काम छोडेर भाग्ने तथा अनैतिक क्रियाकलापमा लागेर जेल गएर परिवारसँग सम्पर्कविहीन हुने गरेको पनि बताइन्छ ।

सम्बन्धित खबर