२०८२ भदौ २० गते शुक्रवार / Sep 05 , 2025 , Friday
२०८२ भदौ २० गते शुक्रवार
Ads

मलेसियामा हात्तीको आक्रमणमा परी नेपाली कामदार गम्भीर घाइते

shivam cement
२०८२ भदौ २० गते ०६:२५
मलेसियामा हात्तीको आक्रमणमा परी नेपाली कामदार गम्भीर घाइते

काठमाडौं : मलेसियाको गुआ मुसाङमा जंगली हात्तीको आक्रमणमा परी एक नेपाली कामदार गम्भीर घाइते भएका छन् । बुधबार ५४ वर्षीय मुतीबहादुर बयाम्बुले मोटरसाइकलमा निवासमा फर्किरहेका बेला हात्तीको पाइला देखेर पछ्याउने प्रयास गरेपछि उनलाई हात्तीले अचानक सुँडले समातेको थियो ।

हात्तीले उनलाई लगभग सय मिटर घिसार्दै लगेर कुल्चेर तल झारिदिएको थियो । सहकर्मीहरूले पीडितको चिच्याहट सुनेपछि पत्ता लगाएर तुरुन्तै आपतकालीन चिकित्सा उपचारका लागि गुआ मुसाङ अस्पताल लगेका थिए ।

उनको खुट्टा, छाती र घाँटीमा गम्भीर चोटपटक लागेको छ । उनको हाल सघन उपचार कक्ष (आइसियू)मा उपचार भइरहेको मलेसियाको सरकारी सञ्चारमाध्यम बेर्नामाले उल्लेख गरेकोे छ ।

ADV

सम्बन्धित खबर

Advertise