२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री ओली

ADV
मध्यान्ह
२०८१ साउन ४ गते १६:०३
मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने वर्तमान सरकारको अठोटमा सबै दलले रचनात्मक सहयोग पुर्‍याउन आह्वान गरेका छन् ।

नेकपा एमालेले तयार गरेको सुझाव पत्र आज सिंहदरबारमा ग्रहण गर्दै उनले मुलुकलाई अग्रगमनका साथै आर्थिक र सुशासनका क्षेत्रमा सुधारका लागि सरकार प्रतिबद्ध हुने जानकारी दिए ।

एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, “सुझावले सरकारलाई काम गर्न एक प्रकारको मार्गदर्शन हुने छ । ती सुझाव सरकारका सम्बन्धित मन्त्रालयमा आवश्यक कारबाहीका लागि दिइने छ ।”

एमालेका महासचिव शंकर पोखरेलले उक्त ९९ बुँदे सुझावको प्रतिवेदन हस्तान्तरण गरेका थिए भने उपमहासचिव प्रदीप ज्ञवालीले सुझावको सार प्रस्तुत गरेका थिए । एमालेको हाल ३३ विभागमध्ये २८ विभागले छलफल गरेर ती सुझाव तयार पारेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise